काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख १ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेर ४ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्