काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिका –०२ को फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
मृत्यु हुनेमा पलबाङका ७७ वर्षीय वीरु घर्ती मगर,६८ वर्षीया सनी घर्ती मगर, ७० वर्षीया लली घर्ती मगर र मङरारुका करिब ६४ वर्षीया लामी घर्ती रहेको प्रहरीले जनाएको छ ।
आज बिहान आएको पहिरोमा परेर बेपत्ता भएका ४ जनाको नै मृत्यु भएको हो । यसअघि रोल्पाकै थबाङ गाउँपालिका—४ उवामा पहिरोले घरगोठ पुर्दा १० जनाको मृत्यु र २ जना घाइते भएका थिए । तीन जना अझै बेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस्