काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घुमफिरका लागि मलेसिया जान लागेका निगमका दुई कर्मचारीले अनुमती प्रप्त भन्दा धेरै डलर बोकेको पाएपछि एयरपोर्टबाटै पक्राउ परेका हुन् ।
पक्राउ पर्ने निगमका कर्मचारीमा काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका( ३ की ३५ वर्षीया ममता पाण्डे हुन् । उनीहरूआर्थिक प्रशासन विभागका कर्मचारी हुन्न् । बज्राचार्यबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगिट बरामद गरेको छ। पाण्डेबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगिट बरामद गरेको छ।
आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्नै लागेका उनीहरूले प्रतिव्यक्ति अनुमतिप्राप्त डलरभन्दा बढी रकम बोकेको देखिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएकाे छ ।
प्रहरीकाअनुसार उनीहरूलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्