काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौंस्थित विष्णुमती नदीमा पानीको बहाव बढेको छ।गोंगबु जल मापन केन्द्रमा नदीको जल सतह तीव्र रूपमा बढ्दै खतराको तह नजिक पुगेको जनाइएको छ।
बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै विष्णुमती नदीको जल सतह अझै बढ्दो क्रममा रहेको जनाएको छ।
महाशाखाका अनुसार नदीमा पानीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै गोंगबु आसपास तथा विष्णुमती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन तथा नदी किनार आसपास अनावश्यक आवतजावत नगर्नसमेत अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्