काठमाडौँ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान गर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपील गरेको छ।
परिषद्ले १५ भदौ २०८३ मा एक विज्ञप्ति जारी गर्दै गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत र सहयोग गर्दा खिचिएका फोटो तथा भिडियोहरू सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममा पोस्ट नगर्न र नगराउन आग्रह गरेको हो।
बालबालिकाको गोपनीयता र सम्मानको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप र एक्स (ट्विटर) लगायतका कुनै पनि प्लेटफर्ममा यस्ता सामग्री पोस्ट नगर्न सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई हार्दिक अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्