साहले अरुलाई भगाएपछि अन्तिममा आफू जोगिएका थिए,भने,‘भित्र महामन्त्र जप गर्दै थिएँ’



काठमाडौँ । त्रिशूली थ्रि ‘ए’ जलविद्युत आयोजनाको सुरुभित्र थुनिएर आज सुरुमा उद्दार गरिएका सञ्जय साहले सुरुमा अरुलाई भगाएर आफू अन्तिममा जोगिएको बताएका छन् ।

उद्दारपछि स्वास्थ्यकर्मीसँग संक्षित कुरा गर्दै ४०/४५ जना सबैलाई दुर्घटना भएको भन्दै भगाएर आफू अन्तिममा मात्रै भागेको बताएका हुन् ।

उनले भने,“ कन्ट्रोल रुममा काम गर्थे, अन्य समयमा त ४,५,६ जना मात्रै काम गर्थे । यो टाइममा(बाढी आउने समयमा) ४०/४५ जना सँगै थिए ।”

उनले कन्ट्रोल रुममा काम गर्ने भएकाले पहिलो जिम्मेवारी अरुको ज्यान जोगाउनुभएको बताए । उनले अरुलाई भगाएपछि मात्रै अन्तिममा आफू जोगिएर भागेको बताएका छन् ।

उनले भने,“कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहीँ सबैको ज्यान बचाउने हुन्थ्यो । अनि त्यस्तो एक्सिडेन्ट भएपछि म मात्रै भागेर भएन,सबैलाई बचाउनु पर्‍यो । अनि सबैलाई बचाउने क्रममा सबैलाई ठुलो एक्सिडेन्ड भयो ड्याममा भनेर सबैलाई भाग्न लगाए बाहिर । त्यसो गर्दाखेरी मेरो समय गयो र लास्टमा म निस्किए र भागे ।”

उनले टनेल लामो भएकाले कतिपयलाई फोर्सले बगाएको हुनसक्ने बताए । उनले भने,“ टनेल एकदम लामो छ । टनेलमा भए पनि पानीको फोर्सले लगेको होला ।” भित्र सबैको अवस्था के छ भन्नेबारे भने उनले भन्न सकेनन् । आफ्नो वरिपरि ३/४ जनाको आवाज सुनेको बताए ।

थुनिएपछि भित्र आफूले ‘महामन्त्र’ जप गर्ने गरेको साहले सुनाए । उद्दारपछि स्वास्थ्यकर्मीसँग संक्षित कुराकानीका क्रममा आफू भित्र थुनिएपछि महामन्त्र गरेको उल्लेख गरे । स्वास्थ्यकर्मीले तपाईंको नयाँ जीवन हो बधाई छ भनेको थिए ।

जवाफमा साहले ‘आज कति दिन, गते हो ?’ भनेर सोधेका थिए । कुराकानीकै क्रममा साहले भने,“म भित्र महामन्त्र जब गर्दै थिएँ ।” स्वास्थ्यकर्मीले महामन्त्रीले काम गर्‍यो अब आराम गर्नुस् भनेका थिए ।