काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।
नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार विहान सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ ।
श्रीमानलाई भेट्न सैनिक अस्पताल पुग्नुभएकी उहाँकी श्रीमति हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताए ।
उनले श्रीमानले शुरुमा आफूलाई चिन्न नसकेको भएपनि अहिले अवस्था ठिकै रहेको बताइन् ।
उनले भनिनन्, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउनेबेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन शुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरिर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसि छौँ । परिवारमा सबै खुसि हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’


प्रतिक्रिया दिनुहोस्