कौटिल्य (चाणक्य) को अर्थशास्त्र : नेपाली राजनीतिमा समकालीन परिप्रेक्ष्य,अर्थ नीति एवं कूटनीति


सारांश
कौटिल्यको अर्थशास्त्र प्राचिन सनातन अवस्थाको, एउटा व्यवस्थित राज्यशास्त्रीय ग्रन्थ हो । यस ग्रन्थको रचयिता कौटिल्य (चाणक्य, विष्णुगुप्त) हुन् । उनले मौर्य सम्राट चन्द्रगुप्त मौर्यको सल्लाहकारको रूपमा महत्वपूर्ण योगदान गरेका थिए । कौटिल्यद्वारा रचित यो ग्रन्थ ‘अर्थशास्त्र’ मात्र न भई राज्य, प्रशासन, न्याय, कर प्रणाली, कृषि, उद्योग, व्यापार, गुप्तचर, विदेश नीति,सैन्य सङ्गठन लोककल्याणमा समन्वय गरिएको विज्ञान हो भनि भन्न सकिन्छ । आधुनिक राजनीति शास्त्रको लोकप्रशासन, अर्थशास्त्र र राष्ट्रिय सुरक्षासँग सम्बन्धित अनेक सिद्धान्तको पृष्ठभूमि यस ग्रन्थमा, भेटिन्छन् ।

कौटिल्यको परिचय : कौटिल्यका तीन प्रसिद्ध नाम छन् जुन क्रमशः विष्णुगुप्त (व्यक्तिगत नाम), कौटिल्य (गोत्रको नाम) र चाणक्य (पिता ‘चणक’ सँग सम्वन्धित नाम) हुन् । कौटिल्यलाई तक्षशिलाको विद्वान, राजनीतिज्ञ, अर्थशास्त्री र कूटनीतिज्ञ भनिएको छ ।

अर्थशास्त्रको अर्थ: यहाँ ‘अर्थ’ भन्नुको अर्थ केवल धन चाहि होइन । कौटिल्यको मतअनुसार “मनुष्याणां वृतिरर्थः” अर्थात मनुष्यको आजिवीका, श्रोत र संसाधन, राज्य एवं समृद्धि यी सबै अर्थको अन्तर्गत पर्दछन् । त्यसैले, अर्थशास्त्र एउटा यस्तो विद्या (विज्ञान) हो जसले राज्य, सम्पत्ति र लोक–कल्याणको संरक्षण र संवर्धनको मार्गदर्शन गर्दछ ।

ग्रन्थको रचना
कौटिल्यद्वारा रचित अर्थशास्त्रमा १५ अधिकरण (द्यययपक), लगभग १५० अध्याय (ऋजबउतभचक), लगभग १८० प्रकरण (ब्चतष्अभिक) र २० लगभग ६००० सुत्र एवं श्लोकहरू (पाण्डुलिपि परम्पराको अनुसारमा सङख्या कम वेश हुन सक्छन्)
राज्यका सात अङगहरू (सप्ताङग सिद्धान्त):

☆स्वामी (राजा) / राष्ट्रपति वा प्रधानमन्त्री(गणपति)
☆अमात्य (मन्त्री)
☆जनपद (प्रदेश, प्रजा वा गण)
☆ दुर्ग (रक्षा संरचना)
☆कोष (राजकोष)
☆ (सेना÷प्रहरी र न्याय बल)
☆ मित्र (मित्र राज्य)

एउरा राज्यको स्थिरता यी सातओटैको सन्तुलनमा निर्भर हुन्छ । वर्तमान परिप्रेक्ष्यमा नेपालको अवस्थासँग तुलना गर्दा यी सातओटा तत्वको अध्ययन र तुलना सान्दर्भिक हुन्छ ।

राजाको स्वरूप : ( राजतन्त्रात्मक प्रणालीमा ‘राजा’, नेपालको वर्तमान राजकीय प्रणालीमा ‘प्रधानमन्त्री’ र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा ‘राष्ट्रपति’लाई उल्लेखित ‘राजा’ भनि वुझ्नु पर्दछ)। कौटिल्यको मतअनुसार राजा अनुशासित, विद्वान, परिश्रमी न्यायप्रिय, प्रजावत्सल हुनु पर्दछ । राजाको सुख, प्रजाको निहित हुन्छ ।

प्रजा सुखे सुखं राज्ञः प्रजानांच हिते हितम् ।
नात्यांप्रियं हितं राजाः प्रजानां तु प्रियम् हितम् ।।
यो श्लोक अर्थशास्त्र सर्वाधिक प्रसिद्ध शासन– सिद्धान्त हो ।

मन्त्री एवं प्रशासन : मन्त्री चयनका आधार निम्नलिखित योग्यता अनुसार हुनुपर्दछः विद्या, अनुभव, सत्यनिष्ठा, बुद्धिमता, गोपनीयता र निष्ठा इत्यादी । कौटिल्यले नियुक्ति अधि विभिन्न प्रकारका परीक्षा तथा प्रस्तुतिको समेत उल्लेख गरेका छन् ।

अर्थ व्यवस्था :
राज्यको प्रमुख आयश्रोत निम्न लिखित हुनुपर्दछ : कृषि/पशुपालन, उद्योग, व्यापार, खनिज, वन, कर, सिमाशुल्क, सिंचाई एवं सेवा क्षेत्र (आधुनिक राज्यको प्रमुख आय श्रोत)
राजाले उत्पादन र व्यापारको प्रवर्धन गर्ने दायित्व नै उनको प्रमुख दायित्व मध्ये एक हो ।

कर नीति : कौटिल्यको सिद्धान्तअनुसार कर यस्तो हुनु पर्दछ,जसले जनतामा अनावश्यक भार न बढोस् । उनले माहुरीको उदाहरण दिने गर्दथे । जसरी माहुरीले फूलहरूको जीवन र सुन्दरतालाई हानी नगरी रस चुस्दछ, त्यसै गरी जनताको जीवनशैलीको बोझ न बढाइ राज्यले कर असुल गर्नुपर्दछ ।

कृषि र सिँचाइ : कौटिल्यद्वारा कृषिलाई अर्थव्यवस्थाको आधार भनिएको छ । त्यसको लागिः कृषि र कृषकको संरक्षण, नहर र सिँचाइ पोखरी, ताल एवं जलाशय, विउँ–विजन, भूमि मापन (नापी) र अकाल – प्रबन्धनलाई यस क्षेत्रको प्रमुख व्यवस्थापन कार्य तोकिएको छ ।

उद्योग एवं व्यापार : राज्याले नियन्त्रण गरेको क्षेत्रमाः उत्खनन, धातु, नुन, मदिरा, वनको उत्पादन, हतियार, मुद्रा निर्माण, नाप–तौल, म मूल्य नियन्त्रण, मिलावट र सजायको उल्लेख गरिएको छ ।

न्याय व्यवस्था : न्यायको आधारमा धर्म, व्यावहार, चरित्र, राजाज्ञा हुनुपर्दछ साथ साथै न्यायालयमा साक्षी ÷ गवाही र विभिन्न कागजातको (दस्तोत्र) को उल्लेख गरिएको छ ।

दण्ड नीति : कौटिल्यको मत अनुसार दण्ड़–व्यवस्थाको उद्देश्य दण्ड दिनुमात्र नभई सुव्यवस्था कायम राख्नु हो । सुरक्षा र सामाजिक निम्न आधारमा दण्ड़ निर्णय गर्ने व्यवस्था गरिएको उल्लेख छ ?
☆ अपराध अनुसार,
☆ प्रमाण अनुसार,
दण्ड न्यायसङगत हुनु पर्दछ ।

गुप्तचर व्यवस्था : अर्थशास्त्रमा विस्तृत गुप्तचर प्रणालीलाई विशेष रुपमा उल्लेख गरिएको छ ।
गुप्तचर वर्गमा : सन्यासी,व्यवसायी,विद्यार्थी, तपस्वि, गृहस्थ इत्यादीबाट समेत विभिन्न रूपमा सूचना सङकलनको उल्लेख गरिएको छ ।
आधुनिक राज्य प्रणालीमा प्रयोग आएको आर्थिक – वैदेशिक नीति पनि यसै व्यवस्थाको परिस्कृत रुपमा बुझ्न सकिन्छ ।
विदेश नीतिः कौटिल्यको विदेश नीतिको आधार – “मण्डल सिद्धान्त” हो । आज पनि काठमाडौँको कतिपय नेवारी समुदायले नेपाल मण्डल भन्ने परम्परा कायम नै रहेको प्रमाण जिवित नै छ ।

मुख्य विचारः– छिमेकी राज्य सम्भावित प्रतिद्वन्दी हुन सक्दछ र छिमेकी राज्य सम्भावित मित्र पनि हुन सक्दछ । यो सामान्य रणनैतिक धारणा हो, वास्तविक नीति त परिस्थितिमा निर्भर रहन्छ ।

षाडगुण्य नीति : विदेश नीतिका निम्न लिखित आधारहरू, वनाईनुपर्दछ : सन्धि, विग्रह, यान, आसन, संश्रय र द्वैधीभाव
यीनको प्रयोग परिस्थितिअनुसार गर्नु पर्दछ ।

राजनैतिक उपाय : हाम्रो परिवेशमा लोकप्रिय नै रहेको निम्न आधारहरू छन् :
सामः संवाद एवं सम्माता
दामः प्रोत्साहन एवं अनुग्रह
दण्ड : दण्ड़ एवं शक्तिको प्रयोग
भेद : विरोधी पक्षमा विभाजन र रणनैतिक सूचनाको उपयोग /पूर्वीय कूटनीतिको प्रसिद्ध सिद्धान्त नै हो उल्लेखित आधारहरू ।
सेनाः सेनाको निम्न अङगहरूको उल्लेख रहेको छन् : पैदल,अरुव,रथ,गज । यसवाहेक रसद, प्रशिक्षण एवं अनुशासनमा पनि जोड दिइएको छ ।

नगर प्रशासन : नगर अध्यक्ष (आजको नेपाली परिपेक्ष्यमा मेयर) को दायित्वहरू निम्न लिखित छन् :
सफाई,सुरक्षा,वजार ब्यवस्था,भवन निर्माण,अग्नि सुरक्षा,ब्यापार नियन्त्रण,
सामाजिक नीति : कौटिल्यको नीतिमा निम्न लिखित वर्गलाई सहायता गरिनु पर्ने भन्ने उल्लेख गरिएको छः
अनाथ,वृद्ध,रोगी,विपदग्रस्त व्यक्तिहरू

अर्थशास्त्र एवं आधुनिक शासन व्यवस्था
कौटिल्यद्वारा प्रतिपादित अनेक सिद्धान्तहरू आज पनि उत्ति नै प्रासंगिक रहेका छन् । जस्तैः
(क) सुशासन,
(ख) वित्तीय अनुशासन
(ग) राष्ट्रिय सुरक्षा
(घ) गुप्तचरतन्त्र
ङ) भ्रष्टाचार नियन्त्रण
(च) विपद प्रवन्धन
तथापि आधुनिक लोक तान्त्रिक प्रणालीहरूमा मानव अधिकार, संवैधानिक सिमाहरू, नागरिक स्वतन्त्रताहरू पनि समानरूपमा महत्वपूर्ण रहेको पाइएका छन् । यी आधारहरू, प्राचिन सबै राजतन्त्रीय प्रणालीहरूभन्दा भिन्न रहेका छन् ।

अर्थशास्त्रको सिमा : कौटिल्यद्वारा रचित अर्थशास्त्र समकालिन तत्कालिन समयको परिस्थिति अनुसार लेखिएको थियो । त्यसैकारण त्यहाँ तात्कालीन राजतान्त्रिक सन्दर्भहरू, सामाजिक संरचना, युद्धका परिस्थितिहरू का सन्दर्भ र संयोजन मिश्रीत रहेका छन् । यी आधुनिक लोकतान्त्रिक परिस्थितिभन्दा भन्दा फरक रहेका छन् । अतः यि सिद्धान्तहरुको अध्ययन ऐतिहासिक सन्दर्भहरूलाई ध्यानमा राखेर गरिनु पर्दछ ।

कौटिल्यको अर्थशास्त्र आर्थिक ग्रन्थ मात्र न भई, एक समग्र शास्त्र प्रजाको हितको सुरक्षा, कूटनीति एवं लोककल्याणको एक समग्र शास्त्र हो । यसमा राज्यको पङ्क्ति र प्रजाको हितको सन्तुलन स्थापित गर्ने प्रयास गरिएको देखिन सक्दछ । “प्रजासखे सुखं राज्ञः” को सिद्धान्त आज पनि सुशासनको मूल प्रेरणा मध्येको एक हो ।

यद्यपी यो ग्रन्थ तात्कालीन समयको राजनैतिक वास्तविकतावाट निर्मित भएको हो । तथापि यसका अनेक सिद्धान्तहरू विषेश गरि प्राशासनिक दक्षता, रणनितिक सोच र वित्तीय अनुशासन आज पनि तुलनात्मक राजनीतिक र सार्वजनिक नीतिको अध्ययनका लागि महत्वपूर्ण स्थानमा रहेको छ ।