तोलामा ३ हजार रुपैयाँ घट्यो सुन


काठमाडौँ । बुधवार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।