आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ४१ पैसा र बिक्रीदर १५३ रुपियाँ ०१ पैसा, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ३२ पैसा र बिक्रीदर १७८ रुपियाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ५३ पैसा र बिक्रीदर २०७ रुपियाँ ३४ पैसा छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ३७ पैसा र बिक्रीदर ११० रुपियाँ ८० पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७३ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८१ पैसा र बिक्रीदर ४१ रुपियाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४९ पैसा र बिक्रीदर ४१ रुपियाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा विनिमयदर कायम गरिएको छ ।

कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ०२ पैसा र बिक्रीदर ४९८ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ २४ पैसा बिक्रीदर ४०५ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपियाँ ४२ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।