काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले अर्थतन्त्र अडस्फीति (स्ट्यागनेसन)मा गएको स्वीकार गरेका छन्। नेपाल आर्थिक पत्रकार समाजको २८ औं वार्षिक साधारणसभामा अर्थतन्त्र मन्दीमा गएको अवस्था नरहे पनि अडस्फीतिमा गएको स्वीकार गरे।
यसका पछाडि एक दशकदेखिका चार कारक रहेको उनले बताए। अर्थमन्त्री वाग्लेका अनुसार पहिलो कारकका रुपमा एक दशकअघि बैंक तथा वित्तीय संस्थाको पुँजी एकै पटक बढाइनु रहेको रहेको छ।
“एकै पटक ठूलो पुँजी उठाउनु पर्दा बैंकहरूले अन्धाधुन्ध लगानी गरे, त्यो लगानी उत्पादक क्षेत्रमा जान सकेन,”उनले भने। दोस्रो कारणमा सहकारी संकटले आर्थिक चलायमानता रोकेको अर्थतन्त्रको अर्थमन्त्री वाग्लेले बताए।
सहकारी संकटले खुद्रा तहमा व्यापक पुँजी संकट सिर्जना भएको उनकाे भनाइ छ । तेस्रो कारकमा कोभिड महामारी र चौथो कारकमा युक्रेन युद्धको प्रभाव रहेको उनले बताए ।
यी कारकहरूले घरजग्गाको कारोबार रोकिएको, पुँजीबजारमा विश्वास कमजोर भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्