अर्थतन्त्र अडस्फीतिमा गएको अर्थमन्त्रीद्वारा स्वीकार


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले अर्थतन्त्र अडस्फीति (स्ट्यागनेसन)मा गएको स्वीकार गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाजको २८ औं वार्षिक साधारणसभामा अर्थतन्त्र मन्दीमा गएको अवस्था नरहे पनि अडस्फीतिमा गएको स्वीकार गरे।

अडस्फीति भनेको अर्थतन्त्रको यस्तो अवस्था हो जहाँ आर्थिक वृद्धिदर अत्यन्तै सुस्त वा पूरै ठप्प हुन्छ ।

यस्तो ’आर्थिक गतिहीनता’ अवस्थामा देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) बढ्दैन भने नयाँ रोजगारीका अवसरहरू सिर्जना हुँदैनन् । उत्पादन तथा व्यापारिक गतिविधिसमेत सुस्त हुन्छन् ।

यसका पछाडि एक दशकदेखिका चार कारक रहेको उनले बताए । अर्थमन्त्री वाग्लेका अनुसार पहिलो कारकका रुपमा एक दशकअघि बैंक तथा वित्तीय संस्थाको पुँजी एकै पटक बढाइनु रहेको रहेको छ।

“एकै पटक ठुलो पुँजी उठाउनु पर्दा बैंकहरूले अन्धाधुन्ध लगानी गरे, त्यो लगानी उत्पादक क्षेत्रमा जान सकेन,”उनले भने। दोस्रो कारणमा सहकारी सङ्कटले आर्थिक चलायमानता रोकेको अर्थतन्त्रको अर्थमन्त्री वाग्लेले बताए।

सहकारी सङ्कटले खुद्रा तहमा व्यापक पुँजी संकट सिर्जना भएको उनकाे भनाइ छ । तेस्रो कारकमा कोभिड महामारी र चौथो कारकमा युक्रेन युद्धको प्रभाव रहेको उनले बताए ।

यी कारकहरूले घरजग्गाको कारोबार रोकिएको, पुँजीबजारमा विश्वास कमजोर भएको उनले बताए।