तोलामा ४८ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख ५ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५५ रूपैयाँले घटेर ४ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।