काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ९६ पैसा र बिक्रीदर १७७ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १८ पैसा र बिक्रीदर २०६ रुपियाँ ९९ पैसा छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १९ पैसा र बिक्रीदर ११० रुपियाँ ६२ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७५ पैसा र बिक्रीदर २२ रुपियाँ ८४ पैसा छ ।
यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६३ पैसा र बिक्रीदर ४० रुपियाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५५ पैसा र बिक्रीदर ४१ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ ।
कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ६० पैसा र बिक्रीदर ४९९ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ७२ पैसा बिक्रीदर ४०६ रुपियाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपियाँ ८९ पैसा विनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्