काठमाडौँ। सरकारले विद्युतमा लगाएको भ्याट हटाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८३ ८४ को बजेटमार्फत विद्युत् महसुलमामूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरिएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच आइतबार छलफल भएपछि लागू भएको दुई महिनामै विद्युत्मा लगाइएको भ्याट हटाउने तयारी गरेको हो ।
बजेटमार्फत ५० युनिटभन्दा माथि बिजुली खपत गर्ने गार्हस्थ्य ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक ग्राहकका लागि १३ प्रतिशत भ्याट तोकिएको थियो । विद्युत्मा भ्याट लगाउने व्यवस्थाको सुरुदेखि नै विरोध हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्