काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीसँगको विवादपछि रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकले आगो लगाएका थिए । सोमबार मध्यान्हमा त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएको भिडिओ पनि बाहिरिएको थियो । भिडिओमा उनले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश पोखेको भिडिओमा देखिन्छ ।
आगजनीबाट उनीसमेत घाइते भए। प्रहरीले उनको उद्धार गरी कीर्तिपुर अस्पताल पठाएको थियो । घटनाको छानबिन गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्