काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन सोमबार ब्रोकर कम्पनीले सर्भर राखेको ठाउँ डाटा हब प्रा.लि.मा समस्या आएपछि कारोबार स्थगित भएको थियो ।
उक्त समस्या सुल्झिएपछि हिजो (मंगलबार) खुलेको बजार ७ अंकले बढेको थियो भने आज ३६.२५ अंकले घटेको छ । नेप्सेको सुरुवाती कारोबार देखि नै घट्न थालेको बजार अन्तत २६१८.०३ अंकमा गएर रोकिएको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख ४६ हजार बढिको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
त्यस्तै आज फस्र्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
कुल ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७ सय २८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्