काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट ९पहिलो संशोधन० विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसद बरालले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्दै यसको प्रवद्र्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन् । तर प्रणालीको सुरक्षा र उपभोक्ताले भोग्नुपरेका व्यावहारिक कठिनाइप्रति सरकार मौन रहन नहुने उनको भनाइ छ ।
उनले आफ्नै ई–सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै सर्वसाधारणको रकम कति सुरक्षित छ भन्ने प्रश्न गरिन्।
सांसद बरालकाअनुसार अन्तर–बैंकिङ कारोबारमा देखिने सर्भर समस्या र तीन दिनसम्म भुक्तानी ‘वेटिङ’मा रहने अवस्थाले सेवाग्राहीलाई मारमा पारेको छ ।
विदेशी डिजिटल भुक्तानी कम्पनीहरूको प्रवेशलाई स्वागत गरे पनि त्यस्ता प्रणालीमा राष्ट्रिय सुरक्षा र डेटा गोपनीयताको सुनिश्चितता हुनुपर्ने उनको जिकिर छ । उनले सरकारलाई यस्ता प्रणालीका फाइदा र बेफाइदाबारे स्पष्ट हुन र उपभोक्ताको रकम सुरक्षित राख्न आवश्यक नीतिगत व्यवस्था गर्न आग्रह गरिन् ।


प्रतिक्रिया दिनुहोस्