आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८९ पैसा र बिक्रीदर १५३ रुपियाँ ४९ पैसा, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ १३ पैसा र बिक्रीदर २०३ रुपियाँ ९३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २८ पैसा र बिक्रीदर १०८ रुपियाँ ७० पैसा तोकेको छ ।

यस्तै चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८० पैसा र बिक्रीदर २२ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७१ पैसा र बिक्रीदर ४० रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा छ ।

युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६३ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २१ पैसा र बिक्रीदर ११ रुपियाँ २५ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ २० पैसा र बिक्रीदर ४९९ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५३ पैसा बिक्रीदर ४०७ रुपियाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ११ पैसा र बिक्रीदर ३९८ रुपियाँ ६७ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।