एमाले सचिवालय बैठक सुरुः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित


काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ ।

जारी केन्द्रिय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ ।

पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।

राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिटब्युरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ ।

पार्टीका उच्च नेताहरूकाअनुसार यो सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

केन्द्रिय कमिटीको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ, किनकि यसले लिने निर्णयहरूले पार्टीको आगामी सांगठनिक ढाँचा र नीतिगत प्राथमिकताहरू निर्धारण गर्नेछन् ।