होर्मुज जलमार्ग ७ दिनभित्र खुलाउन सकिन्छः इरानले अमेरिकालाई दिएको यो ठोस प्रश्ताव


इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले आवश्यक शर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउन सकिने भन्दै संयुक्त राज्य अमेरिकालाई ठोस कार्ययोजना हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अराक्चीले सो प्रस्ताव कतारमार्फत अमेरिकालाई पठाइएको स्पष्ट पारेका हुन् ।

विदेशमन्त्री अराक्चीकाअनुसार इरानले तयार पारेको सात दिने योजनाअनुसार अमेरिकाले केही प्राविधिक र कूटनीतिक कदम चाल्नुपर्ने हुन्छ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्ने अनुमान गरिएको छ । 

“छैटौं दिनमा जलमार्ग खुल्नेछ र सातौं दिनमा पारस्परिक सहमतिका विषयमा अन्तिम सम्झौताका लागि अमेरिका–इरान वार्ता शुरु हुनेछ,” उgले भने ।

उनले यो प्रश्ताव नयाँ नभई गत जुन १८ मा दुई देशबीच भएको समझदारीपत्रमै आधारित रहेको बताएका छन् । जुन महिनामा भएको उक्त सम्झौताअन्तर्गत लेबनानसहितका क्षेत्रमा युद्ध अन्त्य गर्ने र ६० दिनभित्र अन्तिम सम्झौता गर्ने प्रतिवद्धता जनाइएको थियो ।

सो समयसीमा अगस्ट १७ मा सकिए पनि पछिल्ला सैन्य तथा कुटनीतिक तनावका कारण वार्ताको प्रक्रिया अनिश्चित बनेको थियो । अराक्चीले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु भएको द्वन्द्वअघि होर्मुज जलमार्ग खुला रहेको स्मरण गराउँदै, आफूहरूले ओमानसँग मिलेर प्राविधिक छलफल अघि बढाएको बताए ।

“इरान दबाब, धम्की वा धम्काउने कार्यलाई स्वीकार गर्दैन,” अराक्चीले कडा शब्दमा भने, “हामी आफ्नो सार्वभौम अधिकारबाट पछि हट्ने छैनौँ ।”

उनले अमेरिकाका एकपक्षीय कदम र सैन्य कारबाहीले समझदारी कार्यान्वयनमा बाधा पु¥याएको आरोप लगाए । यद्यपि इरानले कुटनीतिक संवादका लागि सधैं ढोका खुला राखेको उहाँको भनाइ छ । अबको निर्णयको जिम्मा अमेरिकाको हातमा रहेको उनले स्पष्ट पारे ।