घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९१ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले घटेर ४ हजार ३९० रूपैयाँ कायम भएको छ ।