काठमाडौँ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रूपैयाँ दरका ४० करोड थान प्रचलनका सिक्काको डिजाइन, टकमरी, आपूर्ति र ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ।
बैंकले आइतबार प्रकाशित सूचनामा सो कामका लागि पूर्वयोग्यता प्राप्त सुरक्षित मुद्रा ढलान ९सेक्युरिटी मिन्टिङ० कम्पनीहरूसँग मात्र सिलबन्दी बोलपत्र मागेको हो।
राष्ट्र बैंकमा सिक्का अभावपछि पछि एक व्यक्तिकाे लागि एक सय रूपैयाँदेखि २०० रूपैयाँमात्र वितरण गर्दै आइरहेको थियो । नेपालको धर्मसंस्कारमा पनि सिक्का चाहिने भएपनि अभावका कारण वितरणमा रोक लगाएको थियो । राष्ट्र बैंकले १ रूपैयाँ दरका सिक्का छाप्नको लागि बोलपत्र आह्वान गरेको छ ।
पूर्वयोग्यता प्राप्त सुरक्षित मुद्रा ढलान (सेक्युरिटी मिन्टिङ) कम्पनीहरूसँग मात्र ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र – एकल चरण, दुई खाम’ प्रक्रियाअन्तर्गत सिलबन्दी बोलपत्र मागिएको हो। बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव अलग-अलग खाममा राखेर एउटै बाहिरी खाममा सिलबन्दी गरेर बुझाउनुपर्नेछ।
बैंकका अनुसार बोलपत्र ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र – एकल चरण, दुई खाम’ प्रक्रियाअन्तर्गत आह्वान गरिएको हो। बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव अलग-अलग खाममा राखी दुवैलाई एउटै बाहिरी खाममा सिलबन्दी गरेर एकसाथ बुझाउनुपर्नेछ।
बोलपत्र कागजात इच्छुक पूर्वयोग्य कम्पनी वा तिनका अधिकृत प्रतिनिधिले थापाथली स्थित मुद्रा व्यवस्थापन विभाग र बबरमहलस्थित टकसार महाशाखाबाट २ नोभेम्बर २०२६ सम्म कार्यालय समयभित्र खरिद गर्न सक्नेछन्।
सका लागि कम्पनी तथा एजेन्टको दर्ता प्रमाणपत्रको प्रतिलिपि, कागजात खरिदको अख्तियारनामा र शुल्क बुझाएको बैंक भौचर सहित लिखित निवेदन दिनुपर्नेछ। इमेलमार्फत सुरक्षित (इन्क्रिप्टेड) कागजात लिन पनि सकिने छ।
कागजातको नफिर्ता हुने शुल्क नेपाली मुद्रामा २० हजार रूपैयाँ, अमेरिकी डलरमा १३१ र युरोमा ११५ तोकिएको छ। शुल्क थापाथलीस्थित बैंकिङ विभागमा ‘मुद्रा व्यवस्थापन विभाग’ नामको खातामा जम्मा गर्नुपर्नेछ।
बोलपत्रको वैधता खोलिएको मितिले १२० दिन हुनुपर्नेछ। साथै कम्तीमा एक लाख ४८ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ, जुन २ अप्रिल २०२७ सम्म मान्य हुनुपर्नेछ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका फर्म वा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनी खोलेको भए त्यस्तो कम्पनीले बोलपत्र हाल्न पाउँदैन। बैंकले कुनै कारण नदेखाई सबै वा केही बोलपत्र स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार सुरक्षित राखेको छ।


प्रतिक्रिया दिनुहोस्