काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा घलेम्दी हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ९१ लाख बढिको सेयरकारोबार भएको छ ।
आजको दिन त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढेको छ ।
कुल ३५९ कम्पनीको ८९ लाख ५५ हजार २ सय ३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८१ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार ११ अंकले बढ्यो नेप्से परिसूचक


प्रतिक्रिया दिनुहोस्