कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ४ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।