संसदीय समिति भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट छः ऐन महर


काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसमिति सदस्य महरले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको बताए ।

उनले उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन बताए । अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिने उनकाे भनाइ छ । उजुरी वा आरोप नै अन्तिम निष्कर्ष नभएको बताउँदै उनले अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिने स्पष्ट पारे । 

उनले भने, “निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको छ । उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन गर्नेछ । अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिनेछ । हामी भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट छौँ । तर उजुरी वा आरोप नै अन्तिम निष्कर्ष होइन । अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिनेछ । यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको होइन । राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु हाम्रो उद्देश्य हो ।”

प्रमुख सचेतक महरले यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको नभएको बताउँदै उनले राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु आफूहरुको उद्देश्य भएको जिकिर गरे ।