बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९२ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ४ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।