काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
शुक्रबार नेप्सेमा कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको २१ करोड ११ लाख ३० हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ ।
यस्तै, रिड्ज लाइन इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ ।
कुल ३५३ कम्पनीको एक करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्