काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा अनिलराज गिरी नियुक्त भएका छन् ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सिइओमा नियुक्त गरेको हो । उनी यसअघि सोही कम्पनीको कार्यवाहक सिइओ थिए ।
नायब प्रमुख कार्यकारी अधिकृत रहेका गिरी २०८३ असार ११ गते कायममुकाय सिइओ भएका थिए ।
नेपाल माइक्रो इन्स्योरेन्सको आइतबार बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओ नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्