काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ‘आइडियाज फर ल्यास्टिङ इम्प्याक्ट’ भन्ने नाराका साथ ‘एनआरबी फिनटेक इनोभेसन सोकेस इभेन्ट २०२६’ आयोजना गर्ने भएकाे छ । कार्यक्रम २०२६ नोभेम्बर २ मा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बालुवाटारस्थित नेपाल राष्ट्र बैंकभित्र हुनेछ।
कार्यक्रमले फिनटेक क्षेत्रका नवप्रवर्तकहरूलाई आफ्ना नयाँ विचार र आविष्कार प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने बैंकले जनाएको छ। प्रस्तुतिका लागि बुथ वा स्टल राखिनेछ, जहाँ सहभागीले आफ्ना सेवा र प्रविधि प्रदर्शन गर्न सक्नेछन्।
त्यसका साथै सहभागीलाई प्रत्यक्ष अनुभव गराउने अन्तरक्रियात्मक अभ्यास (इन्गेजमेन्ट एक्सरसाइज) पनि हुनेछन्। समूहगत सत्रअन्तर्गत प्यानल छलफल र सामूहिक प्रदर्शन लगायतका गतिविधि समावेश गरिएका छन्।


प्रतिक्रिया दिनुहोस्