काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार हिजो (शुक्रबार) को तुलनामा अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।
राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम भएको छ । हिजो शुक्रबार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा रहेको थियो । एकैदिनमा अमेरिकी डलरको भाउ ८६ पैसाले महँगिएको छ ।
त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । आज युरो १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ, जुन हिजोको तुलनामा ७५ पैसाले बढी हो ।
हिजो युरोको बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा थियो। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा पुगेको छ । हिजो पाउन्डको बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा रहेकोमा आज १ रुपैयाँ ३५ पैसाले वृद्धि भएको हो । स्विस फ्र्याङ्क १ को खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि हिजोको तुलनामा बढेको छ। राष्ट्र बैंकको विनिमय दर तालिका अनुसार आज अष्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा तोकिएको छ, जबकि हिजो यसको बिक्रीदर ९८ रुपैयाँ ३० पैसा मात्र थियो । त्यस्तै, क्यानेडियन डलर १ को खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तथा सिंगापुर डलर १ को खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा पुगेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा एवं चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मानिने खाडी मुलुक तथा मलेसिया र दक्षिण कोरियाको मुद्राको भाउ समेत उकालो लागेको छ। आज साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तथा कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।
युएई दिराम १ को खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा पुगेको छ, जुन हिजो ४० रुपैयाँ ३६ पैसा थियो । मलेसियन रिङ्गिट १ को बिक्रीदर हिजो ३६ रुपैयाँ ०२ पैसा रहेकोमा आज बढेर ३६ रुपैयाँ १६ पैसा पुगेको छ भने दक्षिण कोरियन वोन १०० को बिक्रीदर ११ रुपैयाँ ०२ पैसाबाट बढेर ११ रुपैयाँ १८ पैसा कायम भएको छ ।
उच्च मूल्य भएका खाडी मुलुकका अन्य मुद्राहरू कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको भाउ पनि आज महँगिएको छ ।
आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा तोकिएको छ, जुन हिजो ४७९ रुपैयाँ ८३ पैसा थियो। त्यस्तै, बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा तथा ओमानी रियाल १ को खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्