२२ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले घटेर ४ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको छ ।