काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८२ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ८३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ३ हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्