३२ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रूपैयाँ कायम भएको छ ।