३२ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० अंकमा झरेको छ ।

आज नेप्सेका कारोबार भएका १३ ओटै उपसमहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा घलेम्दी हाइड्राको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६३ लाख ७७ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १३.५८ प्रतिशतले बढेको छ ।

यस्तै, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.८६ प्रतिशतले घटेको छ ।

कुल ३४३ कम्पनीको एक करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।