सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु


काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एकजना घाइते भएको नेपाल प्रहरीले जनाएकोछ ।

बिहान करिब ०८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि प्रभु हेलिकप्टरमार्फत लुक्ला पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।