कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ७४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेर ३ हजार ६७५ रूपैयाँ कायम भएको छ ।