दोहोरो अंकले घट्यो नेप्से परिसूचक, खुम्चियो कारोबार रकम


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ अंकमा झरेको छ ।

आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेप्सेमा आँखखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड १९ लाख २९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा कुमारी सबल योजनाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य २.९६ प्रतिशतले बढेको छ ।

यस्तै, १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.०९ प्रतिशतले घटेको छ ।

कुल ३४९ कम्पनीको एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।