काठमाडाैँ । भ्रमणका क्रममा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल र भारतबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् ।
प्रधानमन्त्री साहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरे । भेटमा दुई देशबिचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय विदेश सचिवको यो भ्रमणलाई कुटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ । दुई देशबिचका केही बाँकी रहेका विषयहरूमा समझदारी निर्माण गर्न र उच्च तहको निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस्