काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शुक्रबार नेप्सेमा घोराही सिमेन्ट इण्डष्ट्रिको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ६३ लाख ४८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा क्रेष्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.०८ प्रतिशतले बढेको छ ।
यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रिका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.०४ प्रतिशतले घटेको छ ।
कुल ३३६ कम्पनीको एक करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख ३९ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्