काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले चार जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेको हो।
बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम समितिबाट अनुमोदन गरिएको घोषणा गरे।
न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जनाको नाम सिफारिस गरेको थियो।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्