कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६९ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ३ हजार ४९० रूपैयाँ कायम भएको छ ।