दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० अंकमा झरेको छ ।

आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ९१ लाख १ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा अप्प्र लोहोरे हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ११.८४ प्रतिशतले बढेको छ ।

यस्तै, एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ ।

कुल ३५३ कम्पनीको एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।