तोलामा १२ हजार २०० रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १२ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ४५ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २२५ रूपैयाँले घटेर ३ हजार ११० रूपैयाँमा कारोबार भइरहेको छ ।