काठमाडाैँ । ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्तिक नाचअन्तर्गत हिरण्यकशिपु वधको प्रसङ्ग प्रस्तुत गरिएको छ ।
ललितपुरको कार्तिक डबलीमा मञ्चन गरिएको नाचमा भगवान विष्णुको नरसिंह अवतार र हिरण्यकशिपुको वधको दृश्य प्रश्तुत गरिएको हो ।
धार्मिक आस्था र पौराणिक कथामा आधारित उक्त प्रश्तुतिमा नरसिंह भगवान र हिरण्यकशिपुबीचको प्रसङ्गलाई नृत्य तथा अभिनयमार्फत जीवन्त बनाइएको थियो ।
प्रत्येक वर्ष सञ्चालन हुने कार्तिक नाच नेपालको प्राचीन नृत्य तथा नाट्य परम्परामध्ये एक हो । मल्लकालीन इतिहाससँग जोडिएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक कथा तथा पौराणिक घटनाहरू प्रश्तुत गरिन्छन् ।
नाच हेर्न कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमती सविना काफ्ले, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो ।
कार्तिक नाचले नेवार समुदायको मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल






















































प्रतिक्रिया दिनुहोस्