कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४७ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४७ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रूपैयाँले बढेर ३ हजार १४५ रूपैयाँमा कारोबार भइरहेको छ ।