काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार हिजोको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ तथा खाडी मुलुकका मुद्रासहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम भएको छ, जुन हिजो खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा थियो ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा पुगेको छ जबकि हिजो युरोको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तोकिएको छ, जुन हिजोको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसाको तुलनामा बढी हो । यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम भएको छ, जुन हिजो खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा थियो ।
यसका साथै अन्य प्रमुख तथा खाडी मुलुकका मुद्राहरूको मूल्यमा पनि वृद्धि देखिएको छ । आज जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा पुगेको छ ।
खाडी मुलुकका मुद्राहरूमध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा कायम भएको छ । मलेसियन रिंगिट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
महँगा मुद्राहरू मानिने कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा पुगेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा यथावत् रहेको छ । नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्