काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ अंकमा झरेको छ ।
आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शुक्रबार नेप्सेमा लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ९९ लाख ३४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा एन आई सी एशिया बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ ।
यस्तै, सोपान फर्मास्युटिकल्स्का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.३७ प्रतिशतले घटेको छ ।
कुल ३५३ कम्पनीको एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्