काठमाडौँ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यान्वयन गरेको ग्रामीण उद्यम कर्जाले बेष्ट मेनेजमेन्ट टीम अवार्ड प्राप्त गरेको छ ।
नेपाल सरकार अर्थमन्त्रालय र एशियाली विकास बैंक (ए.डि.बि) ले संयुक्तरुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो रिभ्यू मिटिङ बाट संस्थालाई अर्वाड प्रदान गरिएको हो ।
ग्रामिण उद्यम लघु कर्जा परियोजना नेपाल सरकार र एशियाली विकास बैंकबिच डिसेम्बर २०१९ मा सम्झौता भएको थियो ।
सम्झौता अनुरुप नेपाल सरकार, अर्थमन्त्रालय र वित्तीय संस्थाबिच २०७७ वैशाख ७ गते सहायक ऋण सम्झौता भएको थियो ।
सम्झौता बमोजिम पाँच करोड अमेरिकी डलर राशिको ऋण परियोजना नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच स्थिती बनाएको साना किसान लघुवित्तका सहायक प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले बताए ।
उनले यस परियोजनाले कृषि उद्यमको विकासको दिशामा परिणाम दिएको बताए । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर सञ्चालन भएको यस परियोजनबाट हाल ९३० व्यक्तिगत परियोजना तथा ३० ओटा सामुहिक परियोजनाबाट २ अर्ब ३० करोड रकम लगानी गरेको जनाएको छ ।
यस्तै, साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । सञ्चालक समितिले १०० ८७ को स्वाप रेसियो कायम गर्ने गरी अन्तिम सम्झौता भइसकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्