कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बिमा क्षेत्रको ७.३७ प्रतिशत योगदान


काठमाडौँ । वित्तीय तथा बिमा क्षेत्रले चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा ७.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक योगदान दिएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै वित्तीय तथा बिमा क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२९ प्रतिशतले कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान समेत रहेको छ ।

वित्तीय क्षेत्रभित्र बैकिङ् समूहमा नेपाल राष्ट्र वैंक,वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूको साथै सहकारी संस्थाहरूको कारोबार रहेका छन् ।

बिमा समूहमा बिमा समिति, जीवन बिमा,पुनर्वीमा र निर्जीव बिमा कम्पनीहरूको कारोबारहरू रहेका छन् ।

यस्तै सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितो पत्र बोर्ड,नेपाल स्टक एक्सचेन्ज,कर्मचारी संचय कोष, नागरिक लगानी कोष आदिका कारेबारहरू रहेका छन् ।